रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिने घरबेटी विरुद्ध मुद्दा दर्ता

जात थाहा पाएपछि कबुल गरेको कोठा भाडामा दिन अस्विकार गर्ने घरबेटी विरुद्ध मुद्दा दर्ता भएकाे छ । महानगरीय प्रहरी पीडितले प्रमाणसहितको जाहेरी लिएर बृतको कार्यालयमा गएपछि मुद्दा दर्ता भएकाे हाे ।

रुपा सुनारले भनिन्, ‘कामीको छोरी’ भएकै कारण मैले काठमाडौंमा डेरा पाइनँ

ईमेज टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रुपा सुनारलाई काठमाडौंको बबरमहल स्थित एक घरबेटीले कोठा भाडामा दिने पक्का भएपछि जात सोधेकी थिइन् । ‘सुनार’ अर्थात दलित समुदायको भएको थाहा पाएपछि उनलाई घरबेटीले कोठा भाडामा दिन अस्विकार गरेकी थिइन् ।

सुनारले आफू माथि भएको विभेदको विरुद्ध कानुनी उपचार खोजेकी छिन।

ती घरबेटीले ‘घरमा आमा हुनुहुन्छ । तिमीहरुलाई कोठा भाडामा दिन मिल्दैन’ भन्दै जातिय विभेद गरेपछि रुपा घरबेटी काठमाडौं ११ स्थित बबरमहलकी सरस्वती प्रधान विरुद्ध अडियो रेकर्डसहित प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न पुगेकी थिइन् ।

विहिबार प्रहरी बृत्त सिंहदरबार काठमाडौंमा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोपाल बराईली, संघकी केन्द्रीय सचिव रिता बुढाथाेकी,  राष्ट्रिय दलित पत्रकार संघ नेपाल, उपत्यका प्रदेशका उपाध्यक्ष गणेश विक, संघका सदस्य प्रकाश बराईली ‘अभिब्यक्ति’ लगायत रुपा सुनारको जाहेरीसहित  प्रहरी कार्यालयमा पुगेका थिए ।

पत्रकार र कानुन व्यावसायिक बाक्लो उपस्थित र छलफल पछि जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।

उनीमाथि जातीय भेदभाव भएपछि राष्ट्रिय दलित पत्रकार संघ लगायतका विभिन्न संघ संस्थाहरुले भ्रत्सना गरेका थिए ।

यस्ताे छ जाहेरी पत्र

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..