सविता मृत्यु प्रकरण : भाइरल भिडियोबारे अदालतमा बयान, ‘आँखामा औषधी हालेको हो, यौन हिंसा होइन’

टिकटक र युट्युबमा भाइरल सविता भण्डारी (धिताल) मृत्यु प्रकरण अहिले निकै चासोको विषय बनेको छ ।

उनको मृत्यु लाई यौन हिंसा गरी मर्न बाध्य बनाएको भनी आत्महत्या दुरुत्साहन अन्तर्गत चितवन अदालतमा मुद्दा दर्ता भएको छ।

आरोपीतहरु धरौटीमा रिहा भएका छन् । उनीहरुविरुद्ध ५ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।

यस्तो थियो घटना
काठमाडौं कोटेश्वरकी सविता (२८ वर्ष) र चितवन भरतपुर महानगर १९ बखानचोक घर भएका योगेन्द्र धिताल (३९ वर्ष) वीच ०७१ साल वैशाख ३ गते विवाह भएको थियो ।

विवाहपछि श्रीमानश्रीमती नै विदेश गएका थिए । केही वर्ष अघि फर्किए ।

उनीहरुको एक सन्तान (छोरा) छन् । अघिल्लो दिन विवाह वर्षगाठ मनाएका सविता र रमेशको घरमा भोलिपल्ट दुखको घटना भयो ।

वैशाख ४ गते दिनको ५ वजेतिर सविता आफ्नै कोठाको झयालमा रहेको ग्रिलमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परिन् ।

भिडियोबारे ससुरा र छोराको जवाफ
सविताको ससुरा भनिएका रमेश धिताल (७२ वर्ष) ले भिडियोमा देखिए अनुसार उनलाई यौनहिंसा गर्न खोजेको पाइन्छ ।

तर अदालतमा बयान दिँदा तीनै ससुराले भनेका छन् ,‘आँखामा औषधी हालेको हो, यौन हिंसा होइन ।’

बुवाको भनाईलाई थप समर्थन गर्दै सविताको श्रीमान तथा रमेशको छोराले पनि सविताले बुवाको आँखामा औषधी हालेको र त्यो भिडियो सविताले नै खिचेको बताएका छन् । उनले भनेका छन् ,‘वुवाले यौन हिंसा हुने काम गर्नु भएको छैन ।आँखामा औषधी हालिदिँदा भयो ।’#echitwanpost

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..