सामाजिक संजालबाट लाखौ ठग्ने सिआईबीद्वारा पक्राउ

cib sahakul thapa scaled copy

cib sahakul thapa scaled copy

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले सामाजिक संजाल मार्फत ठगि गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । यु.के मा बस्ने डाक्टर माईकल अल्बर्ट हुँ भन्दै विभिन्न सामान उपहार स्वरुप पठाएको र भन्सार शुल्क तिर्नका लागि भन्दै १० लाख सत्तरी हजार रुपैयाँ मागिएको थियो।

पर्वत घर भएका ४५ वर्षीय हरिप्रसाद बस्याललाई कन्टयाक पर्सन तोकेर गोंगबुको कालीगण्डकी गेस्ट हाउसमा ५ लाख २० हजार रुपैयाँ दिन लगाएको पिडित पक्षको आरोप छ । डाक्टर माईकल अल्बर्टले फेसबुक म्यासेन्जर र व्हट्स एपमा सम्पर्क गर्दै पिडित संग सम्पर्क बढाएका थिए ।

पिडितकै जाहेरीको आधारमा हरिप्रसाद बस्याललाई कालीगण्डकी गेस्ट हाउस नजिकैबाट पक्राउ गरि थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत, महाराजगंज पठाईएको सिआईबीका प्रमुख, डिआईजी सहकुल थापाले बताए ।

बस्यालले विभिन्न व्यक्तिको नाममा जम्मा गरेको बैंक भौचर १० थान, २ थान मोबाईल र एक लाख ७ हजार पनि बरामद गरेको छ । साथै प्रहरीले सामाजिक संजालको प्रोयोग गर्दा सजगता अपनाउन अनुरोध पनि गरेको छ ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..