ओलीतिर लाग्ने समानुपातिक सांसदको पद धरापमा !

uml party office 5a3bce257c04d4.57656873

uml party office 5a3bce257c04d4.57656873

नेकपाको दाहाल–नेपाल पक्षले आफ्ना सांसदलाई बिहीबारदेखि राजधानी नछाड्न निर्देशन दियो । तर, प्रधानमन्त्री परिवर्तन र नयाँ सरकार गठन प्रक्रियामा कसरी अघि बढ्ने भन्ने स्पष्ट मार्गचित्र बताउन सकेन । प्रधानमन्त्रीले राजीनामा नदिएको, पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगले नटुंग्याएका कारण दाहाल–नेपाल पक्ष अलमलमा देखिन्छ ।

यस्तोमा नेकपाका दुवै पक्षबीचको द्वन्द्व वा सहमतिले नयाँ सरकार गठन र परिवर्तनको संसदीय प्रक्रिया अघि बढ्नेछ । प्रधानमन्त्रीले राजीनामा दिए सहज र अविश्वास प्रस्तावको सामना गर्न तयार भए अर्को प्रक्रियाअनुसार सरकार परिवर्तन र गठन प्रक्रिया प्रतिनिधिसभामा सुरु हुनेछ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गर्दै १३ दिनभित्र अधिवेशन बोलाउन भनेको छ । सभामुख अग्नि सापकोटाले बैठकको तयारी भइरहेको जनाएका छन् ।

नेकपा संसदीय दलको विधानले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सांसदबाट दलका नेता चयन हुने व्यवस्था गरेको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा नेकपाका १ सय ७३ जना छन् । सानु सिवाको निधनपछि नयाँ नियुक्ति नहुँदा एक पद रिक्त छ । ५९ सदस्यीय राष्ट्रियसभामा नेकपाका ४९ सांसद छन् ।

कानुनी रूपमा पार्टी विभाजनको मान्यता नपाए नेकपाका समानुपातिक सांसदको पद धरापमा पर्ने देखिन्छ । दाहाल–नेपाल पक्षले मान्यता पाए उनीहरूले आफ्नो पक्षमा नउभिने ओली पक्षका समानुपातिक सांसदलाई हटाएर नयाँ ल्याउन सक्छन् । पार्टीको केन्द्रिय समितिमा बहुईमत भएकाले प्रचण्ड-माधब नेतृत्वको नेकपाले आधिकारिकता पाउने सम्भावना बढी छ । तत्कालीन एमालेबाट ४१ र तत्कालीन माओवादीबाट १७ जना सांसद समानुपातिक कोटाबाट निर्वाचित छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..