ऐन महरको स्पष्टिकरण, सम्झिने पानी छम्किने : सहअध्यक्ष आलम

samjhine pani

samjhine pani

एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु (ऐन महर) समूहले समानान्तर कमिटी बनाउने तीनजना नेतालाई कारबाही प्रक्रिया सुरु गरेको छ । पार्टीले माधव नेपाल पक्षमाथि थालेकै शैलीमा उक्त समूहले पनि स्पष्टीकरण मागेर कारबाही थालेको हो ।

अखिल अध्यक्ष ऐन महरले आइतबार निवर्तमान सचिव सुदेश पराजुली,वसिम आलम र आरती लामालाई स्पष्टीकरण मागेको हो । हालै सम्पन्न माधव नेपाल पक्षीय भेलाले पराजुली अध्यक्ष,आलम सहअध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो ।

अध्यक्ष महरले २४ घण्टे स्पष्टिकरण माग्दै निर्धारित अवधिमा कुनै प्रतिक्रिया प्राप्त नभएमा विधान बमोजिम कारवाही गर्ने चेतावनी दिएका छन्। महरले संगठनको नाम र झण्डाको दुरुपयोग गरी कथित राष्ट्रिय भेला किन गरेको भन्ने प्रश्न उठाएका छन् ।

चैत्र १५ गते नै ती दिनभित्र स्पष्टीकरण बुझाउनुपर्नेमा अहिलेसम्म नबुझाएको भन्दै यो नै अन्तिम मौका भएको अध्यक्ष महरको चेतावनी छ । तर माधव समूहका सह अध्यक्ष वसिम आलमले महरको पत्रलाई सामाजिक संजालमा धज्जी उडाएका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘ऐन महर जि ! आफैं स्पष्टीकरण सोध्नुस्, आफैं स्पष्टीकरण दिनुस्, आफैं पढ्नुस् है ! म बाट चै स्पष्टीकरण सम्झिने पानी छम्किने ।’

Kantipath Media

यो छुट्टाउनु भो कि..