annapurna add

काठमाडौं । सही जवाफ मासिक पत्रीकाका अध्यक्ष तथा संचालक सन्तोष तिवारीलाई प्रहरीले बेपत्ता बनाएको छ ।

policeपत्रकार तिवारीलाई प्रहरीले एक हप्तादेखि कहाँ राखेको छ भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी नपाएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

आस्थाकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रहरीको घोर निन्दनीय कार्य भएको पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले बताए ।

पत्रकार तिवारी क्रान्तिकारी पत्रकार संगठन नेपाल काठमाडौं जिल्लाका सदस्यसमेत हुन् ।

बिनाकारण पक्राउ गरेर बेपत्ता पारिएका पत्रकार तिवारीलाई तत्काल रिहा गर्न क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष करन बडालले माग गरेका छन् ।

यस्तै राष्ट्रिय दलित पत्रकार संघ नेपाल, उपत्यका कमिटी काठमाडौँका उपाध्यक्ष गणेश विकले पत्रकार तिवारीलाई प्रहरीले पक्राउ गरेकोको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएकाे छ ।

उनलाई आस्थाकै आधारमा पत्रकार तिवारीलाई प्रहरी प्रशासनले नियोजित ढङ्गबाट पक्राउ गरेको समेत आरोप लगाउनु भएको हाे ।

केही असहमति छन् भने सम्बन्धित ठाउँबाट निकास खोज्न समेत अनुरोध गर्दै पत्रकार तिवारीलाई तत्कालै विनासर्त रिहाइ गर्न उपाध्यक्ष विकले माग गरेका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...