सरकारी बजेटको बत्तिमा बागमतीका सभामुखको प्रचार : सस्तो लोकप्रियताको होड !

नेपालका राजनीतिक दलका नेता कार्यकर्ता बेला बेलामा अचम्मका हर्कत गरेर चर्चामा आउने गरेका छन् । निवर्तमान वन मन्त्री चिनियाँ अनुदानमा आएको सिलिन्डरमा आफ्नो फोटो भएको स्टिकर टाँसेर बदनाम भए । शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई फुटबलको पेलेसम्म भन्न भ्याए ।

एमालेका पुराना नेता तथा हाल बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ पनि यहि चर्चा कमाउने लाईनमा थपिएका छन् । बागमती प्रदेश सरकारले ‘बागमती प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम’ अन्तर्गत विनियोजन गरेको बजेटबाट किनिएको सडक बत्तिमा उनले आफ्नो प्रचार गराएका हुन् । काठमाडौं क्षेत्र नम्बर २ (क) बाट निर्वाचित श्रेष्ठ एमालेका उम्मेदवार थिए भने माओवादीको पकड क्षेत्रमा बाम गठबन्धनका उनलाई जित्न सहज भएको थियो ।

एमाले पोलिटब्यूरो सदस्य समेत रहेका श्रेष्ठ स्थानीय जनताबीच भने लोकप्रिय नभएको एमाले कै नेता कार्यकर्ता स्विकार गर्छन । माधव नेपालको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर २ भएकै राप-तापका कारण उनि निर्वाचित भएका थिए । दिगो विकासका कार्यक्रममा ध्यान दिनु भन्दा पनि कनिका छरे जस्तो गरेर बजेट छर्न, गुणस्तरहीन बत्ति जडान गरेर पनि सभामुख सस्तो लोकप्रियता कमाउन लागि गरेको नरेफाँटका स्थानीय जीवन लामाले बताए ।

बागमती प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमको बजेट अन्तर्गत खरिद गरिएको उक्त बत्ति नरेफाँट लगायतका क्षेत्रमा जडान गरिएको छ । ब्राईट सन कम्पनी प्रा.लि बाट खरिद गरिएको बत्ति ३६ वाटको हो । नरेफाँटकै अर्का एक स्थानीयका अनुसार आफुलाई अहिले पनि जनप्रतिनिधि बताउदै हिड्ने २०५४ का वडासदस्य हरि बस्नेत, ३२ नं वडाका वडाअध्यक्ष लगायत एमालेमा ओली खेमाका केहि व्यक्तिको मिलिभगतमा व्यक्ति छान्दै आफु निकटका व्यक्तिको घरघर अगाडी बत्ति राखेको छ । कान्तिपथकर्मीले यो विषयमा जानकारी लिन सभामुखलाई सम्पर्क गर्दा उनी नाजवाफ रहे ।

प्र्त्यक्ष निर्वाचित प्रदेशसभा सदस्य संयोजक रहने कार्यक्रम परामर्श समितिमा समानुपातिक प्रदेश सभा सदस्य, जिल्ला समन्वय प्रमुख/उपप्रमुख, उक्त प्रदेश निर्वाचन क्षेत्रका स्थानीय तहका प्रमुख र उपप्रमुख सदस्य रहने व्यवस्था छ तर श्रेष्ठले कसैलाई पनि परामर्श गर्ने नगरेको स्थानीयले बताए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..