सप्तरी घटना : सीडीओ र एसपीलाइ काठमाडौँ बोलाइयो

काठमाडौं । सप्तरी घटनापछि सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई काठमाडौँ झिकाइएको छ ।

Uddhab Prasad Timalsina CDO Saptari

प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई फोन गरेर सीडीओ उद्धवप्रासद तिमल्सिना र एसपी दिवेश लोहनीलाई काठमाडौं बोलाउन आदेश दिएका हुन् |  उनीहरुलाई फिर्ता बोलाइएको नभई राजविराज घटनाबारे जानकारी लिन बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सोमबार प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा सुरक्षाकर्मीले चलाएको गोलीबाट चार जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..