आज सति प्रथा अन्त्य भएको १०० वर्ष पुरा

श्रीमान्‌को मृत्यु हुँदा एउटै चितामा श्रीमती पनि जल्नुपर्ने ‘सती प्रथा’ नेपालबाट उन्मूलन भएको आज १०० वर्ष पूरा भएको छ । २५ असार १९७७ सालमा चन्द्र शमशेरले सती प्रथा अन्त्यको घोषणा गरेका थिए।

१९१० मै जंगबहादुर राणाले मुलुकी ऐन जारी गरेसँगै यो प्रथालाई केही बन्देज लगाउने प्रावधान राखे । मुलुकी ऐनमा १६ वर्षभन्दा मुनिका श्रीमती भए सती जानु नपर्ने, ९ वर्ष मुनिका छोराछोरी हुनेले पनि सती प्रथा जानु नपर्ने व्यवस्था गरिएको थियो।

हेर्नुस्- १९४४ सालको इस्तिहार:

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..