‘डार्कवेबमा बिक्रीका लागि राखिएको कल डिटेल नेपाल टेलिकमको होइन’

डार्कवेबमा बिक्रीमा राखिएको भनिएको सीडीआर (कल डिटेल रेकर्ड) आफ्नो नभएको नेपाल टेलिकम स्रोतले दाबी गरेको छ । यसअघि टेलिकमको सर्भरमा आक्रमण गरी डेटा चोरी भएको र सोही डेटा बिक्रीमा राखिएको आशंका गरिएको थियो ।

आइतबार कम्पनीको सर्भर ह्याक भएको समाचार आएलगत्तै टेलिकमले त्यसमाथि छानविन अगाडि बढाएको थियो । दिउँसोको समयमा जाँच गर्दा एउटा सर्भरमा शंका लागेपछि त्यसलाई तत्कालै शट डाउन गरी कम्पनीको नेटवर्कबाट अलग्याइएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

‘त्यो पुरानो र प्रयोगमा नरहेको सर्भर हो । उक्त सर्भरमा कुनै किसिमको डेटा रहेको थियो वा थिएन, भए पनि उपयोगी तथा महत्वपूर्ण सूचना थियो वा थिएन, कति डेटा थियो, ह्याक हो वा होइन लगायतका सबै विषयमा हामीले छानविन अगाडि बढाइसकेका छौं,’ उनले भने, ‘अबको एक दुई दिनमा छानविन सकेर विस्तृत जानकारी सार्वजनिक गर्ने योजनामा छौं ।’

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..