annapurna add

बझाङ । सेती नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन ।

सदरमुकाम चैनपुर बजार नजिकैको डुङग्री पुलको छेउ बाट हाम फालेर बैतडीको बाजपानी घर भएका २४ बर्षका मान बहादुर विष्ट बेपत्ता रहेका छन । प्रत्यक्षदर्शीका अनुसार उनी नदी किनाराको ढुङगामा बसेर फोन गरिरहेका थिए ।

फोन गर्दा गर्दै एक्कासी हाम फालेका हुन । उनी बझाङको मष्टा गाँउपालिकाका हरी धामीको जिप चलाउदै आएको बताईएको छ ।

यस अघि आईतबार राती पनि विष्टले पुल बाट हामफाल्ने कोसिस गर्दा प्रहरीले बचाएको थियो ।

घटनाको विषयमा अनुसन्धान भईरहेको र बेपत्ता विष्टको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर