काठमाडौंका एक डरलाग्दा ‘यौन अपराधी’ पक्राउ, जसबाट ३० महिला पीडित भए

महिलामाथि दुव्र्यवहार गर्दै आएका एक युवक पक्राउ परेका छन् ।

रामेछापको सुनापति गाँउपालिका–५, रुपाकोट स्थायी घर भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ३६ वर्षीय चमारसिंह तामाङ भक्तपुरमा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनले कमलविनायक, आदर्श चोकलगायत सार्वजनिक स्थानको भित्री सडकखण्डको एकान्त स्थानमा हिँडडुल गरिरहेको महिलाहरुलाई चिमोट्ने, धाप मार्ने, संवेदनशील अंगमा समाउने, जिस्काउने, हैरानी दिनेलगायत कार्य गर्दै आएका थिए ।

प्रहरीमा गत पुसदेखि नै उनीविरुद्ध उजुरी पर्न थालेको थियो । तर, प्रहरीले पहिचान गर्न सकेको थिएन ।

महिलालाई यौन दुव्र्यवहार गर्ने मानसिक समस्या उनमा भएको हुनसक्ने प्रहरी आशंका छ । उनले ३० भन्दा धेरै किशोरी तथा युवकलाई दुव्र्यवहार गरेका थिए

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..