युरोकप : शाकिरी चम्किएपछि स्विट्जरल्यान्डको पहिलो जित

स्विट्जरल्यान्डले युरोकप फुटबलमा पहिलो जित निकालेको छ । टर्कीलाई ३-१ गोल अन्तरले परजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित निकालेको हो । स्विट्जरल्यान्डलाई जित दिलाउन जद्रान शाकिरीले दुई गोल गरे । हरिस सेफेरोभीले एक गोल गरे ।

टर्कीका इरफान केभाचीले एक गोल फर्काए । खेलको छैटौं मिनेटमा हरिसले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । अन्तिम खेलमा जित निकालेपनि स्विट्जरल्यान्ड सिधै नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ ।

स्विट्जरल्यान्डको समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिम बन्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको छ । जसको लागि सबै समूह चरणको खेल सकिनु पर्नेछ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..