प्रचण्ड पार्टी बनाउन सुझाव माग्ने : शक्ति बस्नेत आफ्नो कोटाको मन्त्री माग्ने !

कर्णाली प्रदेशमा माओवादी केन्द्रभित्र मन्त्री नियुक्तीमा विवाद देखिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बुधवार तीन जना मन्त्री नियुक्त गरेका थिए । तर, फेरी आइतबार उनले थपेका दुइ जनालाई निरन्तरता दिएका छन भने एक जना मन्त्रीलाई सपथ नलिंदै हटाएका छन् । हटाइनेमा सांसद विन्दमान विष्ट रहेका छन । यसले माओवादी केन्द्रभित्र नेताहरु शक्तिबहादुर बस्नेत र जनार्दन शर्माको लडाई सतहमै आएको छ । विष्ट बस्नेत निकट छन् ।

मुख्यमन्त्री शाहीले नेकपा माओवादी केन्द्रका सचेतक सीता नेपालीलाई आन्तरिक मामिला तथा कानून र युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका छन् भने गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका छन् । यसअघि विष्टलाई आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी दिइएको थियो भने नेपालीलाई मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

नेपाली कांग्रेसले पुर्व सहमतीअनुरुप दुई मन्त्रालय दिनुपर्ने माग राखेपछि मुख्यमन्त्री शाहीले विष्टको नाम कटाएर सामाजिक विकास र उर्जा तथा जलस्रोत मन्त्रालय कांग्रेसलाई दिने तयारीमा छन् ।

विष्ट नेता शक्ति बस्नेत गृहमन्त्री हुंदा उनका स्वकिय सचिव थिए भने उनि अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव समेत बनेका थिए । आज दुई मन्त्रीको सपथ दिउंसो १ बजे राखिएको छ । मुख्यमन्त्री शाहीको सरकार काँग्रेसको सहयोगबाट जोगिएको थियो । त्यस कारण पनि नयाँ गठित मन्त्रिपरिषदमा काँग्रेसलाई दुई मन्त्रालय दिनुपर्ने बाध्यता शाहीलाई थियो ।

छ महिनापछि मुख्यमन्त्रीको कुर्सीमा नेपाली काँग्रेसका जीवन शाहीलाई राख्ने सम्झौता छ । उक्त भागबण्डा र सम्झौता नमिलेपछि बुधबार नयाँ मन्त्रीहरु बर्खास्त हुन पुगेको स्रोत बताउँछ । अब, काँग्रेसले सामाजिक विकास मन्त्रालय र जलस्रोत मन्त्रालय पाउँने छ । तर,काँग्रेसले कसलाई मन्त्री बनाउने टुंगो भने लगाइसकेको छैन् ।

शक्ति बस्नेतले आफ्नो कोटामा मन्त्री पार्न ठुलै दबाब दिएको मुख्यमन्त्री निकट स्रोतले बतायो । शक्ति बस्नेतको यस्तै तालले प्रचण्डले पार्टी बनाउन मागेको सुझाव निरर्थक हुने देखिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्स‌रचनाको संकेत गरेका छन् । आइतबार उनले आफ्नो फेसबुक पेजमार्फत् आगामी दिनमा पार्टीको राजनीतिक एव‌ संगठनात्मक संरचनालाई समेत नयाँ ढंगले अघि बढाउने सोच बनाएको बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन् ‘हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपॉग एवं शहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयॉ ढंगले अगाडी बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ।’

सुझाव दिनको लागि [email protected] मा आफ्नो धारणा पठाउन सकिने प्रचण्डले जानकारी दिएका छन् । उनले पार्टी कस्तो बनाउने भन्ने बारेमा इमेल मार्फत् सुझाव दिन आग्रह समेत गरेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..