शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएका छन्।

प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्तिअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ उपधारा (१) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

यसअघि आज बिहान शंकर पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका थिए।

लुम्बिनीमा ताण्डव : एकैदिन मुख्यमन्त्रीको राजिनामा, संसद अन्त्य र पार्टी फेरबदल

यसैगरी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट दाङ ३ (ख) बाट विमला वली प्रदेशसभा सदस्यमा निर्वाचित भइन् । उनी पूर्व एमाले हुन् । उनले अहिले एकाएक नेकपा माओवादी केन्द्र रोजेकी छन् ।

वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमार भने एमालेबाट निर्वाचित भएका थिए । सवारी दुर्घटनामा उत्तरकुमारको निधन भएपछि भएको उपनिर्वाचनमा विमला नेकपाबाट विजयी भएकी थिइन् ।

सर्वोच्चले नेकपा खारेज गरेपछिको अवस्थामा उनलाई एमालेले आफ्नो सांसद मान्दै आएको थियो ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..