ओलीकै पाईलामा हिड्दै शंकर पोखरेल : मध्यरातमा संसद अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट

प्रदेश सभाबाट पारित हुन नसकेपछि लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ। बजेट पारित नभएपछि लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गए राति १२ बजे प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गरेका थिए।

प्रदेशसभा अन्त्य भएपछि आज विहान बसेको लुम्बनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो। ४० अर्ब ९५ करोड ९७ लाखको बजेट संसदमा पेश गरिएको थियो। बजेट संसदबाट हुन् नसकेपछि अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याइएको हो।

बिहिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गर्न निर्णायार्थ पेश गर्नु अघि सत्तापक्षका सांसदहरू प्रदेश सभा बैठक छोडेर हिँडेका थिए। विपक्षी दलका सांसदहरुले बहुमत नभएकाले बजेट पास नहुने बताएका थिए। बजेट पास गर्न सत्तारुढ दल र विपक्षी गठबन्धनबीच सहमति नभएपछि प्रदेशसभा सचिवालयले प्रदेश सभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको थियो। तर मध्यरातमा अधिवेशन अन्त्य गर्दै अध्यादेशबाट बजेट ल्याइएको हो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..