माइतीघरमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विद्यार्थीहरुको शङ्ख जुलुस (भिडियाे)

विपक्षी गठबन्धनसँग आबद्ध संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरुद्धमा माइतीघर मण्डलामा शङ्ख फुक्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेका छन् ।

नेपाल आयल निगमलाई मूल्यवृद्धि फिर्ता लिन अल्टिमेटम दिएका विद्यार्थी संगठनहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् ।


घोषित आन्दोलनका कार्यक्रमहरुमा असार २८ गतेदेखि निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने रहेका छन् ।

नेपाल आयल निगमले असार २४ गते मूल्यबृद्धि फिर्ता गर्नका लागि दिइएको ७२ घण्टे अल्टिमेटमको बेवास्ता गर्र्दै माग सम्बोधन नगरेको भन्दै विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।

Ganesh BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..