शरदसिंह भण्डारी १५ औँ पटक मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रपरिषद् पुनर्गठन गर्दा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका आठ जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्री बनाए ।

पार्टीको बहुमत पक्षले दिएको काबारहीको चेतावनीलाई वेवास्ता गर्दै मन्त्री भएकामध्ये अनिल झा दोस्रो तथा लक्ष्मणलाल कर्ण, विमलकुमार श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकवाल मिया पहिला पटकमन्त्री भएका हुन् । राज्यमन्त्रीद्धय चन्द्रकान्त चौधरी र रेणुका गुरुङ पहिलो पटक सरकारमा गएका हुन् ।

शरत सिंह भण्डारीका लागि मन्त्रीको जिम्मेवार नौलो होइन । गत प्रतिनिधिसभा निर्वाचनमा भण्डारी महोत्तरी क्षेत्र नम्बर २ बाट विजयी भए । शरदसिंह भण्डारी तराई/मधेशको नाममा राजनीति गर्न शुरु गरेपछि तीन पटक मन्त्री बनेका छन् । पहिलो संविधानसभा निर्वाचनमा तत्कालिन फोरम नेपालबाट संस्कृति, पर्यटन ततथा नागरिक उड्डयनमन्त्री बनेका उनी बाबुराम भट्टराई सरकारमा रक्षामन्त्री थिए ।

तर मधेस राजनीतिमा आउनु अघि नै उनी धेरै पटक मन्त्री भइसकेका थिए । २०४३ सालदेखि हालसम्म राज्यमन्त्रीसहित १५ पटक सरकारमा गएका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..