प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्ने

1582894768SherdhanRai 1

1582894768SherdhanRai 1

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश- १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा कांग्रेसले मतदान गर्ने बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्ष दल भएका नाताले प्रदेश सरकारविरुद्ध पेस भएको अविश्वास प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्ने बताएका हुन् ।

‘प्रमुख प्रतिपक्ष दल भएका नाताले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्नुपर्छ भन्नेमा कांग्रेस स्पष्ट छ,’ उनले भने, ‘सभापतिले मात्र अब कांग्रेस थेग्न सक्नुहुन्न ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार संस्थागत गर्न र त्यसबाट उन्मुक्ति दिने उद्देश्यले भागवण्डामा विभिन्न आयोगमा नियुक्ति गरेको नेता पौडेलले आरोप लगाए । नेता पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर सरकारले गरेको गल्ती सच्याउने विश्वास कायम रहेको बताए । अदालत नागरिकको भरोसाको केन्द्र भएकोले आगामी दिनमा आइपर्ने विग्रह र द्वन्द्व रोक्न सक्षम हुने उनको भनाइ थियो ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..