डा. निमा नाम्गेल शेर्पाद्वारा एपीएफलाई ६ लाखको स्ट्रेचर सहयोग

डा. निमा नाम्गेल शेर्पाले सशस्त्र प्रहरी बल (एपीएफ)लाई उद्धारमा सहयोगी बन्ने स्ट्रेचर सहयोग गरेका छन् । पर्वतीय उद्धार र उपचारमा क्रियाशील सोलुखुम्बुका शेर्पाले सशस्त्र प्रहरी बललाई ६ लाख बराबरको १५ थान स्टेचर प्रदान गरेका हुन् ।

बिहीबार सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर पशुपतिनाथ बाहिनी बलम्बुमा आयोजित कार्यक्रममा उनले स्टेचर बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई हस्तान्तरण गरेका मुख्यालयका एसपी समिक महर्जनले बताए ।

शेर्पाले सहयोग गरेका स्टेचर सशस्त्र प्रहरीको विपद् उद्धारका लागि उपयोगी हुने डीआईजी अर्यालको भनाइ छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..