महोत्तरीमा लुटेराको समूहले चलायाे गोली, एक महिला घाइते

महोत्तरीमा गएराति लुटेराहरूको एक समूहले गोली चलाएकाे छभने एक महिला घाइते भएकी छन् । ​

लोहारपट्टी नगरपालिका वडा नम्बर ६ गएराति रामकरण साहको घरमा ७ जनाको समूहमा हातहतियार सहित आएका लुटेराको समूहले लुटपाट गर्दै गोली प्रहार गर्दा ४५ वर्षिय गायत्री देवी साह घाइते भएकी हुन् ।

लुटेराहरूको समुहले घरमा लुटपाट गर्ने क्रममा गायत्रीले गुहार माग्दै हल्ला गरेपछि गायत्री देवी माथि गोली प्रहार गरेका थिए ।

घाइते गायत्रीको उपचार जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा भइरहेको महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

घाइते गायत्रीको दाहिने तिघ्रामा गोली लागेको उनले बताए ।

लुटेराहरूको समुहले घरमा रहेको २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाको तिलहरी, दुवै कानको मुन्द्रा लुटेर लगेको उनले जानकारी दिए ।

घटना बारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएका छन् ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..