annapurna add

49d7539151770cde9dcd7

छिमेकी मुलुक भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।

विदेश सचिव श्रृंगला इन्डियन एयर फोर्सको विमानबाट बिहीबार बिहान १०.४० मा त्रिभुवन विमानस्थलमा उत्रिएका हुन्। परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा विदेश सचिव श्रृंगला नेपाल आएका हुन्। कोरोनोको कारण नेपाल भारतबीच नियमित उडान नभएका कारण उनी इन्डियन एयर फोर्सको विमानबाट आएको परराष्ट्र सचिव पौडेलले जनाकारी दिए।

श्रृंगलाले दुई दिन काठमाडौंमा रहँदा आफ्ना समकक्षी पौडेलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेकाे छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...