रौतहटका पत्रकारलाई लागुऔषधमा फसाउन एसपी सिद्धिविक्रम शाहकै सेटिङ्ग (अडियो सार्वजनिक)

रौटहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाएको पुष्टि भएको छ ।

अपडेट : रौतहटमा पत्रकारलाई लागुऔषध राखेर फसाएको पुष्टि, दुई प्रहरी निलम्बित

प्रहरीकै संलग्नतामा पत्रकारलाई लागुऔषध कारोबारमा फसाउने प्रयास

रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’ अनलाईन सञ्चालन गर्दै आएका पत्रकार मो. मोजिबुल्लाह र उनीसंगै मोटरसाईकलमा सवार राजपुर नगरपालिका ७ का शेख गुलाब भन्ने शेख अति उल्लाहलाईसादालाई पक्राउ गरेको रौतहट प्रहरी उपरीक्षक (एसपी) शिद्ध विक्रम शाह र पत्रकार संजय सहनी विच भएको कुराकानीको अडियो बाहिरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा पत्रकार सम्मेलन गरेर मुख्य योजनाकार आरोपित पत्रकार सहनी र एसपी शाह विच भएको कुराकानीमा घटना सफल भएको उल्लेख छ ।

पत्रकार संजय सहनीलाई एसपी शाहले फोन गर्छन्
यस्तो छ संवाद

पत्रकार : सर नमस्ते 
एसपी : कता हो संजय जी ?
पत्रकार : घरमै सर 
एसपी : एक्लै हो ?
पत्रकार : हो सर, एक्लै हो 
एसपी : हिजोको काम त भएछ नी हैन त (हास्दै) 
पत्रकार : भईहाल्छ नि सर, भाईहाल्छ नि
एसपी : ठिक छ, (हाँसो), फोन गरेको थियो मलाई
पत्रकार : औकात भन्दा बढी मान्छे हुनुहुन्न नि कोहि पनि ।
एसपी : हाँसो
पत्रकार : कसले फोन गर्नुभएको थियो सर ?
एसपी : के र ?
पत्रकार : कसले फोन गर्नुभएको थियो हजुरलाई ?
एसपी : हैन, मलाई तत्कालै असईले फोन गरेको थियो नि
पत्रकार : ए ! ए जे होस् हजुरको दुतहरु राम्रो छन् एकदम
एसपी : अँ, अहिले काम गर्दे राम्रो भयो, जसको अहिलेमा काम ग¥यो उले नराम्रो भन्न सुरु गरिहाल्छ नि, यहाँ त त्यहि हो नि 
पत्रकार : त्यहिँ हो सर,
एसपी : यहाँको समस्य त्यहि त हो नि, हैन, है त 
पत्रकार : हुन्छ, हस् हस्

रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाह र शेख गुलाबलाई १०५ ट्याब्लेट लागुऔषध नाइट्राभेट सहित पक्राउ गर्ने दुईजना प्रहरीलाई निलम्बन गरिएको छ ।

पत्रकार मोजिबुल्लाहको मोटरसाईकलमा नाईट्रोभेट ट्याबलेट राख्दै गरेको सिसीटिभी फुटेज सार्वजनिक भएपछि दबाबमा परेको प्रहरीले सोमबार उनीहरुलाई रिहा गरेको छ ।

नियोजित रुपमा फसाएको पुष्टि भएपछि नियन्त्रणमा रहेका पत्रकारलाई प्रहरीले रिहा गरेको छ ।

साउन ३२ मा साँझ ८ बजे रौतहटको गौर नगरपालिका–१ स्थित होटल ग्रिन सिग्नलबाट निस्केका ईशनाथ नगरपालिका–८ घर भएका मोजिबुल्लाह र राजपुर नपा–७ घर भएका शेख गुलाबलाई प्रहरीले पक्राउ गरेको थियो ।

मोजिबुल्लाहले पार्किङ गरेर राखेको बिआर–३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा १०५ ट्याब्लेट लागुऔषध नाइट्राभेट प्रहरीले ‘प्लटिङ’ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको छानबिनबाट पुष्टि भएको छ ।

तर घटनाको मुख्य योजनाकार पत्रकार महासंघ रौतहटका पदाधिकारी सहनीलाई आरोपित गर्दै प्रहरीले आफ्नो कर्तुत लुकाउने प्रयास भईरहेको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले प्रहरी उपरीक्षक शाहलाई निलम्बन गरि उच्च स्तरिय छानविन समिति गठन गर्न माग गरेको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..