भवन शिलान्यास

थलारा गाउँपालिका–५ मा कोटभैरव साना किसान कृषि सहकारी संस्था लिमिटेडको भवन शिलान्यास गरिएको छ ।

थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले सहकारी संस्था लिमिटेडको दुईकोठे भवनको शनिबार शिलान्यास गर्दै गाउँपालिकाको आर्थिक समृद्धिका लागि विभिन्न काम भइरहेको जानकारी दिनुभयो ।

प्रदेशको सांसद कोषबाट आएको रु पाँच लाख बजेटको एक लाख ७५ हजारमा जग्गा लिइएको संस्थाका अध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि आर्थिक सहयोगको अपेक्षा गरेको सहकारी संस्थाका प्रबन्धक निर्देशक गणेश पार्कीले बताउनुभयो ।

विसं २०७२ देखि सञ्चालनमा आएको सो संस्थामा ४९२ शेयर सदस्य तथा संस्थाको शेयर पूँजी पाँच लाख ३६ हजार ५०० छ ।

संस्थाको कूल पूँजी रु ४८ लाख ३७५ रहेको सह प्रबन्धक रेखा रोकायाले जानकारी दिनुभयो ।

साथै संस्थामा विभिन्न किसिमका बचत बाल बचत, ऐच्छिक, पेवा, वृद्ध, ग्रसु पेन्सन बचतलगायतका सेवा रहेका छन् ।

पहिला भाडाको घरबाट सेवा दिइरहेको सहकारी संस्थाले अब आफ्नै पक्की भवन भएपछि संस्थाको काम तथा कारोवार सञ्चालन सहज हुनेसमेत उहाँले बताउनुभयो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..