सिन्धुपाल्चोकका बाढी पिडितलाई माओवादी केन्द्रद्वारा ग्यास, चुल्हो, रासन तथा जस्तापाता वितरण

नेकपा (माओवादी केन्द्र) ले सिन्धुपाल्चोकका बाढी पहिरो पिडितलाई तत्कालिन राहत स्वरुप ग्यास, चुल्हो र खाद्यान्न सामग्री वितरण गरेको छ । नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज कृष्ण प्रसाद सापकोटा ‘देशबन्धु’, केन्द्रिय सदस्य माधव सापकोटा ‘सुबोध’, युवराज दुलाल ‘शरद’, जनसांस्कृतिक महासंघका केन्द्रिय अध्यक्ष सरल सहयात्री, प्रदेश सदस्य झम्क पराजुली लगायतको पहलमा राहत सामग्री वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा युवा-विद्यार्थी टोली पनि सहभागी थियो । सिन्धुपाल्चोक माओवादीको सिंगो टिम अहिले बाढीपहिरो प्रभावित क्षेत्रमा परिचालित भएको छ । अनेरास्ववियु (कान्तिकारी) का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बाढीबाट प्रभावित हेलम्बुको चनौटे क्युल क्षेत्रका जनतालाई राहत बितरण गरिएको हो । आचार्यका अनुसार पहिलो चरणमा ५० सेट ग्यास, चुल्हो , रासन तथा २५ बन्डल जस्तापाता वितरण गरिएको हो । यसअघि अनेरास्ववियु (कान्तिकारी) र वाईसीएलको केन्द्रिय टोलीले सिन्धुपाल्चोकमा राहत वितरण गरिसकेको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..