प्रचण्ड पत्नी सिता दाहाल आईसीयूमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। प्रचण्डको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार सीताको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार विहानै मेडिसिटी अस्पताल लगिएको हो।

मंगलबार बेलुका स्वास्थ्यमा कुनै सुधार नआएपछि आईसीयूमा राखेर उपचार गरिएको छ। उनी पीएसपी (प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी)बाट पीडित छन्। यसअघि पुस १५ गते पनि सीताको स्वास्थ्यमा थप समस्या आएपछि सोही अस्पताल भर्ना गरेर उपचार गरिएको थियो।

स्वास्थ्यमा सुधार नभएपछि त्यसलगत्तै भारतको नयाँदिल्ली लगेर एकसाता राखी उपचार गरिएको थियो। दाहाल ०७४ को दसैँअघि पहिलोपल्ट गम्भीर बिरामी परेकी थिइन्। सोही वर्षको मंसिर ३ गते उनका छोरा प्रकाशको निधनपछि उनी गम्भीर बिरामी परेकी हुन्।

Roshan Rimal
http://kantipath.com

यो छुट्टाउनु भो कि..