हेटौंडाबाट एक हजार ८५ जनाले लिए लाइसेन्स

smart card news Kantipathहेटौंडा, यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाबाट एक हजार ८५ जनाले सवारी चालक अनुमतिपत्र प्राप्त गरेका छन् । गत पुष ५ गते कार्यालयले पहिलोपटक ट्रायल परीक्षा सुरु गरेको थियो । एक महिनाको अवधिमा कार्यालयबाट एक हजार भन्दा बढीले सवारी चालक अनुमतिपत्र प्राप्त गरेका छन् ।

हालसम्म तीनहजार ४ सय २१ जनाले सवारी चालक अनुमतिपत्रका लागि परीक्षा दिएका थिए । यस अवधिमा सबैभन्दा बढी मोटरसाइकलका लागि २ हजार ७ सय २६ जनाले परीक्षा दिएका थिए । परीक्षा दिएका मध्ये ८ सय २ जनाले मोटरसाइकलको सवारीचालक अनुमतिपत्र प्राप्त गरेका छन् ।

यस्तै ३ सय १३ जनाले स्कुटरको ट्रायल परीक्षा दिएकोमा १ सय १ जनाले अनुमतिपत्र प्राप्त गरेका कार्यालय प्रमुख पोषण थापाले जानकारी दिए । यस्तै २ सय ३४ अटोचालकले अनुमतिपत्रका लागि परीक्षा दिएकोमा ५९ जना मात्र सफल हुन सकेका छन् । हलुका चारपाङ्ग्रे साधनको लागि १ सय ४८ जनाले ट्रायल परीक्षा दिएकोमा २६ जना पास भइ सवारी चालक अनुमतिपत्र प्राप्त गरेको प्रमुख पोषण थापाले बताए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..