सर्पले टोक्दा १ जना महिलाको ज्यान गयो

snake

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं. २ बस्ने धनमती ओझाको सर्पको टोकाइले ज्यान गएको छ ।

हिजो राती २ बजे सुतेको बेला सर्पले टोक्दा ५५ बर्षिया ओझाको ज्यान गएको प्रहरीले जनाएको छ । सर्पले टोक्दा थाहाँ नपाएर उपचारमा ढिला भएको र एम्वुलेन्स समेत बिग्रीएको हुदा मेडिकल पुर्याउन ढिला भएको परिवार जनले बताएका छन् ।

सर्पको टोकाईका बिरुद्ध लगाउने सुई (एन्टि स्नेक भ्याक्सिन) र डक्टर नहुदा अकालमै ज्यान गुमाउनु परेको हो ।

बेलडाँडी खवरदारी महिला संजालले सर्पदंसको उपचारका लागि पटक पटक माग गर्दा समेत स्थानीय सरकारले वेवास्ता गरेको भन्दै अकालमा ज्यान गुमाउनु परेको बताइन । वहाँले भने हामीले बारम्वार खवरदारी गर्दा समेत सरोकारवाला निकायले वेवास्ता गरेको भन्दै अवको आन्दोलन सशक्त गर्ने जानकारी गराउनु भयो ।

हामीले ताला मात्र लगायौं अवको आन्दोलन ताला होइन तोडफोड गर्ने जनाए । आक्रोसित हुदै भने बेलडाँडी स्वास्थ्यमा २४ कोठे भवनको के काम त्यसलाई अव भत्काइदिनु पर्ने बताए । यसरी अकालमै ज्यान गुमाउदा समेत पहलै नर्गन सक्नेहरुले राजिनामा दिनुपर्ने बताए ।

बेलडाँडी गाउँपालिका अध्यक्ष धनबहादुर थापाका सचिव कृष्ण रोकायाले भने यसकोलागि हामीले माग गरेको र कर्मचारी समायोजनले गर्दा ढिला भएको बताउदै छिट्टै यसको ब्यवस्था गरिने आफुले जानकारी पाएको बताए ।

 

 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..