११ एसएसपी बढुवाको तयारी : रक्तचन्दन तस्करीमा मुछिएकादेखि निर्मला काण्डमा निलम्बितसम्म !

om bista news

om bista news

गृह मन्त्रालय एसएसपी बढुवाको तयारीमा जुटेको छ । डीआईजी बढुवा पछि रिक्त ११ एसएसपी पदमा बढुवा हुनका लागि २० भन्दा बढी एसपीको दौडधुप चल्न थालेको छ । रिक्त ११ एसएसपीका लागि २०५१ मा भर्ना भएको टोलीका एसपीहरू नै धेरै छन् । २०४७ को टोलीका एसपी राजेन्द्र विष्ट, गणेश रेग्मी र राजकुमार वैदवार २०७७ माघ १ गते अवकाश हुने भएकाछन् । त्यसपछि २०५१ को टोलीका एसपीहरू विकासराज खनाल, कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंकर पंजियार एसएसपी बढुवाका दाबेदार हुन् । उनीहरू २०७१ फागुन १० गते एसपी बढुवा भएका थिए ।

२०७२ साउन ८ मा एसपी बढुवा भएका अर्जुनचन्द ठकुरी, २०७२ फागुन १९ मा एसपी बढुवा भएका जनकराज पाण्डे, सुरेन्द्रराज मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, भोलाबहादुर रावल, सुदिप राजभण्डारी एसएसपी बढुवाका आकांक्षी हुन् । २०७३ मा एसपी बढुवा भएका अनुरागकुमार द्विवेदी, मधुसुदन लुईंटेल, डिल्लीराज पन्त, ध्रुव राउत र मोहन पोखरेल लगायतको टिम एसएसपी बढुवाको लाइनमा छन् । यसका अलावा केदार ढकाल, टिकाबहादुर केसी, राजेन्द्रसिंह खड्का, गणेश चन्दलगायत पनि बढुवाको दाबेदार हुन् ।

२०५१ को ब्याचका एसपीहरू नै बढुवाको लाइनमा रहेको बेला २०५३ मा भर्ना भएका बाँकेका एसपी ओम राना, रौतहटका एसपी सिद्धिविक्रम शाह, उमाप्रसाद चतुर्वेदी, सुशीलसिंह राठौरलगायतका एसपीहरू पनि एसएसपीमा बढुवा हुन शक्तिकेन्द्र धाउन थालेका छन् । ओम रानाले गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई प्रभावमा पारी यही मेसोमा एसएसपीमा फड्के हान्न थालेका छन्। राना कास्कीमा रहँदा प्रहरी कै छविमा आघात पुग्नेगरी गुण्डाहरुसँगको हिमचिमबारे तत्कालीन आइजीपी सर्वेन्द्र खनालसम्मै सूचना पुगे पनि उनलाई कारबाही गर्न सकेनन्।

रानाको गुण्डानाइके ललित गुरुङ र धनबहादुर छन्त्याल लगायतका गुण्डाहरुसँगको सम्बन्धका कारण पनि उनी विवादमा परेका थिए। घरजग्गा कारोबारीहरुसँग तर्साएर असुली गर्ने गुण्डानाइकेहरुसँग एसपी रानाको उठबसका कारण पनि उनी विवादमा परेको खबर आएको थियो । कास्कीमा जाने क्रममै विमानस्थलदेखि नै गुण्डाहरुले स्कर्टिङ गरेपछि विवादमा उनी आएका थिए। पोखरामा हुँदा यौनकाण्डमा मुछिएका गृहमन्त्रीका छोरालाई पोखरा कै एक पत्रकार (गुल्मी घर भएका) संग मिलाएपछि अकुत कमाएका र हाल पनि थापा कै छत्रछायाँमा रहँदै आएका छन् । उनको अनियमितताको शृंखला पोखराबाट सुरु भएको भने हैन । राष्ट्रिय अनुसन्धानमा निरिक्षकको रुपमा जागिर खाँदा उनले हंगकंगमा लाहुरे भएर जानेहरुका लागि नक्कली नागरिकता बनाउने गरेको चर्चा दमौली बजारमा अझै पनि चल्ने गर्छ । आफु पनि मगर भएको भन्दै जातिय सेन्टिमेन्टको इमोसनल ब्ल्याकमेलिंग गर्दै अब बढुवा हुने उनको दाऊ छ ।

बाँकेमा क्रसरदेखि भन्सार तस्करी र जुवा अखडाको संरक्षण गरी आर्जित धन खर्च गरी उनी एसएसपी बढुवा हुने दाऊमा रहेको चर्चा पनि छ । रसुवादेखि बौद्ध हुँदै जहाँ बस्दा पनि विवादित राना नेपाल प्रहरीमा सँधै इञ्चार्ज पाउने भाग्यमानी हुन् । रसुवामा रक्तचन्दन तस्करीको आरोपमा सेनाले तत्कालीन गणपति रामजी थापालाई कोर्टमार्शल गरी जागिरबाट बर्खास्त ग¥यो तर नेपाल प्रहरीका डीएसपी रानालाई भने उन्मुक्ति पाएका थिए । उन्मुक्ति मात्र नदिई त्यसपछि भटाभट बौद्धदेखि रोल्पा हुँदै कास्की र हाल बाँकेको इञ्चार्ज बनाइएको छ । एसएसपी बढुवाका दाबेदारमा निर्मला पन्त बलात्कार काण्डमा निलम्बनमा परेर सफाई पाएका डिल्लीराज विष्ट पनि दाबेदार छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..