पराल काट्ने मेसिन वितरण

Straw cutting machine distribution KANTIPATHशितल भट्ट बेलौरी, कञ्चनपुर / कार्तिक २७ – बेलौरी नगरपालिका वडा नम्बर ५ मा पराल काट्ने मेसिन वितरण गरिएको छ । वडाले स्थानिय ३ महिला कृषक समुहलाई उक्त पराल काट्ने मेसिन वितरण हो ।

आर्थिक वर्ष ०७६/७७ को स्वीकृत कृषि कार्य शिर्षक बाट वडामा रहेका उत्कृष्ट कृषक समुहहरु लाई मेसिन वितरण गरिएको वडाध्यक्ष साइतुकुमार चौधरीले बताए ।

वडाका हजारी आई.पि.एम कृषक समुह, हरियाली कृषक समुह र लोकतन्त्र आई.पि.एम कृषक समुह लाई १/१ थान मेसिन वितरण गरिएको वडा सदस्य कृपा चौधरीले जानकारी दिए ।

उक्त मेसिन बाट च्याउ उत्पादनका लागी पराल काट्न छिटो छरितो हुने भएकाले ३ /४ दिन लाग्ने काम एकै दिनमा हुने भन्दै हजारी आई.पि.एम कृषक समुहका अध्यक्ष सृजना चौधरीले खुसि व्यक्त गरिन् ।

यस्तै, हरियाली कृषक समुहका अध्यक्ष जानुदेवि रानाले महिला कृषक समुहको समस्यालाई मध्यनजर गरी मेसिन वितरण गरिएकोमा आभार प्रकट गरे ।

त्यसैगरी लोकतन्त्र आई.पि.एम कृषक समुहका सिता चौधरीले वडाध्यक्षको कार्यको प्रशंसा गर्दै धन्यवाद दिइन् ।

साथै उक्त वडामा महिला आई.पि.एम कृषक समुहले व्यवसायिक च्याउ खेती समेत थालनी गरेको छ ।

CHU

Kantipath Media

यो छुट्टाउनु भो कि..