यी हुन् दक्षिण कोरियामा विद्यार्थी पठाउँछु भन्दै ठगी गर्ने कन्सल्टेन्सीहरु

नेपालका केही कन्सल्टेन्सीहरुले विद्यार्थीलाई दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने गरेको खुलेको छ । पछिल्लो समय दक्षिण कोरियाले विद्यार्थी भिसामा सत प्रतिशत रिजेक्शन गरेपछि यस्तो रहस्य खुलेको हो ।

नेपालका नाम चलेका कन्सुल्टेन्सीहरुले योग्यता नपुगेका विद्यार्थीलाई पनि एप्लाई गर्न लगाउने र उनीहरुबाट महङ्गो सर्भिस शूल्क लिएर ठग्ने गरेको खुलेको हो । कोरियाले कोरियन ल्याङ्गोईज स्पेशल कोर्ष डि४ र आएल्स गरेका विद्यार्थीका लागि अध्ययन अनुमति दिने गरेको थियो । कन्सल्टेन्सीहरुले योग्यता नपुगेका (डि४) विद्यार्थीलाई पनि पठाउँदा समस्या आएको एक शैक्षिक परामर्श व्यवस्यीले बताए ।

‘कोरिया राम्रौ आर्थिक हैसियत भएका विद्यार्थीहरुले अध्ययन गर्ने देश हो । इपियस परिक्षा पास गरेका विद्यार्थीहरुले पनि विद्यार्थी भिसामा एप्लाई गरेका कारण समस्या आयो ।’ एक शैक्षिक परामर्श व्यवसायीले भने, ‘धेरैले कोभिडका कारण रिजेक्शन भएको भनेका छन् । कोभिड बहाना मात्र हो । धेरै कन्सल्टेन्सीले फेक विद्यार्थीहरुको अप्लिकेशन हालेकाले रिजेक्शन भएको हो ।’

कोरियामा नाम चलेका विश्व विद्यालयहरु छन् । उनीहरुले आएल्समा राम्रो ¥याङ्क भएका विद्यार्थीहरुलाई लिने गरेका छन् । तर कोरियाकै एजेण्टहरुका कारण अरु साना साना कलेज तथा विश्वविद्यालयहरुले जो पायो त्यही विद्यार्थीहरुलाई लिन थालेपछि समस्या भएको हो ।

कोरिया क्रिष्टियन युनिभर्सिटी, सेजोन युनिभर्सिटी विश्वविद्यालय लगायतका एजेण्डहरुले कमिशनका लागि विद्यार्थीसँग चर्को सर्भिस शूल्क उठाउने र पढाइ भन्दा काममा फोकस गर्ने भएकाले समस्या आएको हो । यसरी कमिशनको चक्करमा हुने नहुने कुरा गर्दै पैसा असुलेका कन्सल्टेन्सीहरुको भागाभाग भएको छ ।

सीटी वल्र्ड कन्सल्टेन्सी, एसडी मिराकल एजुकेशन, सिल्भर एजुकेशन, सिवन एजुकेशन, एसआईइएमई, एनसीएस कन्सल्टेन्सी, भ्यालि एजुकेशन, लगइन एजुकेशन कन्सल्टेन्सी, इङ्लिसर प्रा. लिले गलत विद्यार्थीहरु जम्मा पार्दै कोरियामा राम्रो काम पाइन्छ भनेर प्रलोभन देखाउँदै ठगी गरिरहेका छन् । मोटिभेटको सम्पर्कमा आएका विद्यार्थीहरु सत प्रतिशत भिसा लाग्ने भनेर सर्भिस चार्ज भन्दै कन्सल्टेन्सीले पहिलानै १ लाख ५० हजार लिएको बताए ।

‘१५ सय डलर सर्भिस चार्ज लाग्छ । भिसा र कलेजफी फरक हो । काम फालाफाल पाइन्छ’, व्यवसायीको भनाई उदृढ गर्दै ती विद्यार्थीले भने, ‘इपीयस पास गरेर बसेको थिएँ । मलाई जसरी पनि कोरिया जानुछ भन्ने लाग्यो । साथीको लहलैमा लागेर कन्सल्टेन्सीमा पुगेको थिए । भिसा नलागेपछि यीनीहरुको बदमासी थाहा भयो ।’

अर्का एक विद्यार्थीले आफूले सुरुमै दिएको पैसा फिर्ता माग्दा नदिएको बताए । ‘मैले झण्डै १ लाख ६० हजार भन्दा धेरै खर्च गरेको छु । त्यो पैसा माग्दा दिएनन् ।’ उनले भने, ‘सर्भिस चार्ज हो यो कहाँ फिर्ता गर्न मिल्छर भनेर उल्दै थर्काएर पठाए ।’ आफूले कोरिया जानकै लागि ठूलो रकम ऋण काडेको उनको भनाई थियो ।

यस विषयमा कन्सल्टेन्सी संचालकले भने घुमाउरो पारामा आफूले पैसा उठाएको बताए । ‘हामीले नराम्रो गरेका छैनौँ । यदी कसलाई त्यस्तो परेको छ भने समस्याको समाधान गरिदिन्छौँ ।’ मोटिभेटको सम्पर्कमा आएका एक व्यवसायीले भने, ‘तपाईँको सम्पर्कमा आएका विद्यार्थीलाई मेरो नम्बर दिनुहोस् म समस्याको समाधान गरिदिन्छु ।’

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..