विद्यार्थीहरुद्वारा दैलेख जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

विध्यार्थीहरुले दैलेख जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेका छन्। दैलेख जिल्ला नारायण नगरपालिका स्थित त्रिभुवन उच्च माध्यामिक बिद्यालय अध्यान गरेका विध्यार्थीहरुले स्वास्थ्य उपकरण अक्सिजन कन्सन्टेटर १ थान र अक्सिजन माक्स १५ थान सहयोग गरेका हुन्।

विस २०६० मा एसएलसी दिएका पुर्व विध्यार्थीहरुले आफ्नो स्वस्फुर्त रकम संकलन गरि करिव एक लाख तीस हजार बराबरको अक्सिजन कन्सन्टेटर र १५ थान माक्स सहयोग गरेका हुन्।

नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा अक्सिजन अभाव हुन थालेपछि विद्यार्थीहरुले अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण अक्सिजन कन्सन्टेटर १ थान र अक्सिजन माक्स १५ थान विद्यालयका प्रध्यानाध्यापक निरक तारामीको उपस्थितिमा आज जिल्ला अस्पताल दैलेखलाई हस्तान्तरण गरेका हुन् ।

त्रिभुवन उच्च माध्यामिक बिद्यालयमा अध्यायन गरी २०६० सालमा एलएलसी दिएका विद्यार्थीहरुले सामाजिक संजालमा जोडिएर ५३ जना विद्यार्थीहरुले अक्सिजन अभावका कारण छटपटाई रहेका बिरामीहरुको उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले आर्थिक रकम संकलन गरेका थिए।

उनीहरुले देश विदेशमा रहेका साथीहरुलाई सामाजिक संजालमा जोडेर करिब १ लाख ५० हजार रकम संकलन गरेका थिए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..