सुवासचन्द्र नेम्वाङले फैलाए माधव र केपीको भेट हुने भन्दै अफवाह !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने भन्ने समाचार झुठो ठहरिएको छ । अध्यक्ष ओली र नेपालबीच बिहीबार बेलुकी भेटवार्ता हुने तय भएको बताइएको थियो । एमाले नेता सुवासचन्द्र नेम्वाङले दुई नेताबीच भेटवार्ता हुन लागेको विषय पुष्टि गरेपनि समय र मिति भने खुलाउन चाहेका थिएनन्। माधव नेपालका सचिवालयका मोहन गौतमले भने उक्त समाचारको खण्डन गरेका छन्

उनले भने, ‘विभिन्न सन्चार माध्यमहरूमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र के.पी. शर्मा ओली बीच आज भेट भएको/हुने तय भएको भन्ने समाचारहरू आइरहेकोमा उहॅाहरू बीच भेट नभएको र भेट्ने समय तय पनि नभएको कुरा सम्बन्धित सबैमा स्पष्ट पार्दछु ।
।’

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..