annapurna add

subas1610787443

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता सुवास नेम्वाङले राजनीतिक स्थिरताका लागि सरकार ५ वर्ष चल्नुपर्नेमा त्यसो हुन नसकेको बताएका छन्। शनिबार काठमाडौँमा उपलब्ध प्रदेश १ का कार्यकर्ता भेलामा बोल्दै तत्कालीन संविधान सभाका अध्यक्ष समेत रहेका नेम्वाङले राजनीतिक स्थायित्वका लागि सरकार ५ वर्ष चल्नुपर्ने बताएका हुन्।

निर्वाचनका बेला जनतामा जाँदा आफूहरुले सरकार ५ वर्ष चल्ने विश्वास दिलाएकाे उनकाे भनाइ थियाे। उनले जनताले राजनीतिक अस्थिरता अन्त गरी राजनीतिक स्थिरिता कामय गर्न माग गरेको र आफूहले सरकार ५ वर्ष चल्ने र राजनीतिक स्थायित्वका लागि भनेर मत मागेको बताए। ओलीले उपयुक्त समयमा महाधिवेशन गरौँ, म नयाँ पुस्तालाई नेतृत्व हस्तान्त्रण गर्छु भनिरहनुभएको थियो' उनले भने 'यस्तो स्थिति उत्पनन्न कि गरियो । किन यो ठाउँमा आइपुगन् बाध्य भयौँ । आउने दिनमा यसको जावफ पाउने छौँ ।'

जनताले केपी ओलीको आह्वानमा उनलाई नै प्रधानमन्त्री मानेर निर्वाचनमा जिताएर पठाएको दावी गरे। उनले यो कुरालाई स्वीकार गर्न समेत आग्रह गरे। उनले सरकारले जनताको पक्षमा काम गर्दा केही तत्वलाई पाच्य नभएको उनले बताए।

नेम्बाङले आफूले २०७४ सालमा दिएको अभिव्यक्ति र अहिलेको अवस्था फरक भएको बताएका छन्। ‘मैले बोलेको भाइरल बनाउनु भएछ।, साथीहरूले यसको बारेमा चासो राखेर मलाई नै सोधेको भए मै भन्दिन्थेँ’, उनले भने, ‘२०७४ सालमा संसदीय मामला पत्रकार समाजको कार्यक्रममा मैले संविधान बारेमा बोलेका कुराहरू त्यहाँ छन्। मैले बोलेका कुरा त्यहाँ राखिएका छन्। तर अहिले कुरा अर्को छ।’

‘संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीको एक प्रकारको विशेषाधिकार पनि हुन्छ । त्यसलाई संविधानले निषेध गरेको छैन ।’ उनले भिडियो भाइरल भएको प्रसङ्ग कोट्याउँदै अहिलेको प्रसङ्ग फरक भएको बताएका हुन्।

तत्कालिन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको विषयमा गत २०७६ साल साउन ४ गते पत्रकारलाई प्रशिक्षण दिँदा बताएका थिए। उनले त्यतिबेला प्रधानमन्त्रीले 'संसद विघटन गर्न सक्दैन' भनेका थिए।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...