फिस्टो मार्न मेसिनगन चाहिदैन : अब सुदन भर्सेस रामबहादुर हुन्छ !

नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद सुदन किराँतीले नेकपा एमालेका स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’ले आगामी चुनावमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफू चुनाव लड्न सक्ने बताएपछि बादललाई चुनौती दिएका छन् । उनले बादललाई फिस्टो र प्रचण्डलाई मेसिनगनसँग तुलना गर्दै भने, ‘फिस्टो मार्न किन मेसिनगन प्रयोग गर्ने गुलेली मटेङग्रा नै काफी !’

‘चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्छ, त्यो स्थितिमा प्रचण्ड भर्सेज बादल हुन पनि सक्छ,’ भनेपछि सुदनले सुदन किराती भर्सेस राम बहादुर थापा हुनसक्ने बताएका छन्। प्रेस चौतारी चितवनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले पार्टीको निर्णय भए प्रचण्डविरूद्ध चुनाव लड्न सकिने उनले बताएका थिए।

बादल २०६४ सालको संविधान सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। त्यसयता उनी यहाँ चुनाव लडेका छैनन्। प्रचण्ड २०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। सुदन भोजपुरबाट प्रत्यक्ष निर्वाचित संघिय सांसद हुन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..