राजेन्द्र महतोको पुत्ला जलाउँदा बागी अनेरास्ववियुका अध्यक्ष र महासचिव पक्राउ

सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतो पुत्ला जलाउने नेकपा (एमाले) माधव नेपाल समूह निकट अनेरास्ववियुका नेताहरुमाथि प्रहरीले दमन गरेको छ । महतोले २१ जेठ २०७८ मा नेपालको संबिधान अनुसार शपथ ग्रहणपछि पदभार ग्रहण गर्ने क्रममा संबिधान विरोधी अभिव्यक्ति दिएको भन्दै अनेरास्ववियुले पुत्ला जलाएको हो । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता समेत रहेका महतोले पदभार ग्रहण गर्ने क्रममा ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्ने बताएका थिए ।

पुत्ला जलाउने क्रममा प्रहरीले अध्यक्ष पराजुली सहित महासचिव आरती लामा लगायत एक दर्जन नेताहरुलाई काठमाडौंको नयाँ वानेश्वरबाट पक्राउ गरिएको छ । उनीहरुलाई प्रर्दशनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

यसैगरी प्रहरीले अनेरास्ववियुका केन्द्रीय सचिव तथा रत्न राज्य क्याम्पसका सभापति टेपेन्द्रजंग शाही सचिवहरु, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चपागाई, नेताहरु अमर पुन, हर्क बम, लक्ष्मी क्षेत्री, आकाश खनाल, युवा संघका स्थायी कमिटी सदस्य मानबहादुर बुढा लगायत पक्राउ गरेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..