सुदूरपश्चिम पहाडमा पाइने याे चिज खान साह्रै मिठाे पाउन साह्रै गाह्राे

Silam news kantipath

बझाङ : केही समय अगाडी सुदूरपश्चिमका हरेक परिवारले अा-अाफ्नाे बारीमा लगाउने सिलाम(तिरकुलाे)अहिले विरलै देख्न सकिन्छ । हरेक किसिमका अचारदेखि तेल उत्पादन गर्न लगाइने सिलाम(तिरकुलाे) अहिले गाउँमा नपाइएपछि बजारमा महँगाे गरि बिक्री वितरण हुन थालेकाे छ । कसैलार्इ पत्यार नलाग्न सक्छ बझाङ सदरमुकाम चैनपुर एक केजी सिलामकाे अहिले झण्डै ९ सय रुपैंया पर्ने गरेकाे छ ।

अाफ्ना बारीमा सिलाम लगाएर बजारमा बिक्री गर्दै अाएका जयपृथ्वी नगरपालिका १० चैनपुरका स्थानीय व्यापारी सम्भु कुमार ओखेडा भन्छन्,’मैले बजारमा जे अभाव छ त्यसैकाे उत्पादन गर्दै बजारसम्म ल्याउने गरेकाे छु । अहिले बजारमा सिलाम(तिरकुलो) माग निकै बढेकाे छ । तर किसानहरु तिरकुलो खेती गर्न छोड्न थालेका छन् । पछिलो समयमा लगभग लोप हुँदै भन्दा पनि फरक पर्दैन ।’

चैनपुरमा लामाे समयदेखि फलफूल तथा तरकारीकाे व्यापार गर्दै अाएका स्थानीय व्यापारी लाेकराज अाेली भन्छन्,’ पहिले यसरी अभाव नै हुँदैनथ्याे । हरेकले अाफ्नै बारी फलाउँथे । अाजकाल सबैले यसलार्इ बारीमा लगाउनै छाेडे । बजारमा यति माग छ कि ग्राहकले भने अनुसार अापुर्ति गर्नै सकिदैन । झन् चाडबाडका बेला त यसकाे माग अत्यधिक हुन्छ ।’

यो विश्वभर प्रख्यात छ सिलामकाे तेलले मानिस शरिरमा अाएका घाउ खटिरासमेत हराउँछन् । यसलाई प्राय: विदेशीहरुले मन पराउँछन् । साईपाल हिमाल आरोह गर्न आएकाे विदेशी टोलीले बझाङ भातेखोलाका रमेश आग्रीबाट ४० केजी सिलाम किनेर विदेशमा लगेर गएको आग्रीले बताए । विदेशीहरुलाई काेदोको रोटी, सिस्नु र सिलामको अचार एकदमै पन पर्ने खाना हाे। तर नेपाली यी सबैकाे महत्व नै नबुझी विस्तारै यीनीहरुकाे अभाव सिर्जना गर्दैछन् ।

बझाङको जयपृथ्वी नगरपालिका, मष्टा, तलकोट, सुर्मा, साईपाल, केदारस्युँ, विथ्डचिर, दुर्गाथली, थुलारा, छविस पाथिभेरा गाउँपालिका, बुङ्गल नगरपालिका लगायतका सबै ठाउँमा पाइने सिलाम अहिले औषधीको रुपमा प्रयोग गर्नको लागि पनि पाउन गाह्राे छ ।

किसानहरुलाई यसबारे खासै केही थाहा छैन न त उनीहरु अनुभवी नै छन् । लगाएको सिलाममा पनि राम्रोसँग गोडमेल गदैनन् । किसानलार्इ अब यी अन्नबाली तथा जडीबुटीकाे महत्व र उब्जाउने तालिमकाे अावश्यकता रहेकाे नागरिक समाजका अगुवा धर्मजङ्ग सिंह बताउँछन् ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..