सैनिक जवानले आफैंलाई हाने गोली

वीरगञ्जमा नेपाली सेनाको चण्डीप्रसाद गणका एक सिपाहीले आफैंमाथि गोली हानेका छन्।

आइतबार राति करिब साढे ८ बजेको समयमा ड्युटीमै रहेका २२ वर्षीय श्यामबाबुप्रसाद चौहानले गोली प्रहार गरेका हुन्। उनको घर पोखरिया नगरपालिका वडा नम्बर-५ हो।

उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। उनले आफ्नो राइफलमा गोली हालेर ड्युटीमा बसेका थिए।

‘राइफलले आफ्नो चिउँडो मुनिबाट हानेको देखिन्छ। गोली त्यहाँबाट लागेर आँखामुनिबाट निस्किएको छ । ‘जसकारण उनको ज्यान जोगियो। तर, गम्भीर घाइते हुनुहुन्छ।’

घाइते भएका चौहानलाई नेसनल मेडिकल कलेज वीरगञ्जमा लगिएको छ।

गोली किन हानेको भन्ने विषयमा अनुसन्धान हुने प्रहरीले जनाएको छ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..