इन्स्पेक्टर खड्काको टोलीले समात्यो ठुलो मात्रामा लागु औषधसहित २२ वर्षीय युवा

khadka command

khadka command

प्रहरीले लागु औषधसहित २२ वर्षीय युवालाई पक्राउ गरेको छ । काभ्रेको रोशी गाउँपालिकाको मङगलटार बजारमा सवारी चेकजाँचका क्रममा प्रहरी निरीक्षक शेखर खड्काको कमाण्डमा खटिएको चेकिङ टोलीले ठुलो मात्रामा लागु औषध फेला पारेको हो ।

सवारी साधनहरु चेक जाँच गर्ने क्रममा झापाबाट काठमाडौँ तर्फ आउदै गरेको बा.४.ख २२६७ नं. को हायस गाडीमा यात्रा गर्ने सप्तरी जिल्ला सुरुङ्गा न.पा वडा नं. १० बस्ने शिव नारायण रामको छोरा २२ वर्षीय धर्मेन्द्र कुमार रामले बोकेको झोलाबाट Diazepam Buprenorphine र Phenergan बरामद गरिएको निरिक्षक खड्काले बताए । रामलाई कानुन बमोजिम पक्राउ गरी लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गर्न काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान कार्य भई रहेको खड्काले बताए ।

लागु औषधको परिमाण :-
Diazepam-२५० एम्पुल, Buprenorphine-२४० एम्पुल, Phenergan-२५५ एम्पुल जम्मा : ७४५ एम्पुल ।

Kantipath Media

यो छुट्टाउनु भो कि..