वरिष्ठताको आधारमा इजलास गठन गर्न सर्वोच्च बारको प्रधानन्यायाधिशलाई ध्यानाकर्षण

संसद विघटनसम्बन्धी रिटहरूकाे छिनाफानाे गर्न गठित संवैधानिक इजलास पुनर्गठनकाे माग गर्दै सर्वाेच्च बारले प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणाकाे ध्यानाकर्षण गराएकाे छ । सर्वाेच्च अदालतमै पुगेर बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई विवादमा परेका न्यायाधीश हटाएर इजलास बनाउन माग गरेका हुन् ।

स्राेतका अनुसार बारले वरिष्ठताका आधारमा इजलास पुनः गठन गर्न सुझाएकाे छ । छलफलमा सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे, सदस्यहरू अनन्तराज लुइँटेल र विकास भट्टराई पनि छलफलमा सहभागी छन्।

प्रतिनिधिसभा विघटनसम्बन्धीका रिटहरूमाथि मंगलबारकाे सुनुवाइ सुरू हुनुअघि सर्वोच्च बारका पदाधिकारी प्रधानन्यायाधीशलाई भेट्न उनकाे कार्यकक्षमा पुगेका हुन् । विवादमा परेका न्यायाधीशहरू इजलासबाट बाहिरिने वा रहने भन्ने निर्णय भइनसकेको अवस्थामा उनीहरू प्रधानन्यायाधीशलाई भेट्न गएका हुन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..