annapurna add

Pm Oli 1

सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ । ओलीमाथि कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको मागसहित आइतबार वरिष्ठ अधिवक्ता कुमार शर्माले निवेदन पेस गरेका हुन् ।

प्रधानमन्त्री ओलीले केही दिनअघि (अस्ति) बाजे वकिल भनी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि व्यंग्य गरेका थिए । माघ ९ गते कार्की बेङ्क्वेटमा आफ्नो पार्टीको कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले वरिष्ठतम् वरिष्ठ अधिवक्ता भण्डारीतर्फ लक्षित गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भनेकोमा अदालतको मानहानी भएको जिकिर रिट निवेदनमा गरिएको छ ।

‘सर्वोच्च अदालतमा हुने बहसलाई ‘तमासा’ र अदालतमा बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भनेर निन्दायुक्त शब्द प्रयोग गरेको रिट निवेदकको भनाइ छ । ‘अदालत र कानुन व्यवसायीलाई हास्यको पात्रका रुपमा प्रस्तुत गरेर नेपालको संविधानको धारा १२८ को उपधारा (४) बमोजिम अदालत र इजलासको अपहेलना गर्नुभएको छ,’ रिट निवेदनमा भनिएको छ, ‘प्रधानमन्त्रीको पदमा आसिन खड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेका शब्द, लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारवाही गरी सजायसमेत गरी पाउन सादर अनुरोध गर्दछु ।’

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...