एमसिसि वारे निर्णय गर्न उपाध्यक्ष सुमारको हैन , नेपाली जनताको कुरा सुन्न बस्नेतको आग्रह

सत्तारूढ माओवादी केन्द्र निकट अखिल( क्रान्तिकारी ) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले एमसिसि वारे निर्णय गर्दा नेपाली जनताको आवाज सुन्न आग्रह गरेका छन्। बस्नेतले राष्ट्रियता जस्तो संवेदनशील विषयमा निर्णय गर्दा विदेशी दातृसंस्थाको एकहोरो रटान नभएर राष्ट्रहित हेर्न अपिल गरेका छन्।

बस्नेतले भने -‘ एमसिसि नेपालको निम्ति राम्रो भएको भए एमसिसिका पदाधिकारीहरु जबर्जस्त कोच्याउन आउने थिएनन् ।’ उनले भने -‘ नेपाली जनताले ब्यापक प्रश्न उठाएको परियोजना थोपर्न अमेरिकी अधिकारीहरु नेताका दैलोदैलोमा जबर्जस्त जानुले थप प्रश्न उठेको छ। ‘

विद्यार्थी नेता बस्नेतले एमसिसिकी उपाध्यक्ष फातिमा सुमारको भ्रमणलाई अनुचित समयमा भएको अनुचित भ्रमणको संज्ञा दिएका छन्। बस्नेतले भने – ‘ राम्रो भएको भए त नेपाल नै धाउन जान्थ्यो नी , उनीहरू नेताका दैलादैलामा किन धाउंथे र ! ‘

शुक्रबार अनेरास्ववियू (क्रान्तिकारी ) को सुनसरी जिल्ला सम्मेलनमा वोल्दै बस्नेतले सो धारणा राखेका हुन्। सम्मेलनमा सचिव मदन भट्टराई , प्रदेश सहसंयोजक खगेन्द्र सुवेदीले शुभकामना मन्तब्य राखेका थिए।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..