कोभिडले आक्रन्त पारेको वेला मन्त्रिपरिषद विस्तारमा विलम्ब हुनुले राम्रो सन्देश गएन : बस्नेत

२१ श्रावण , काठमाडौं । सत्तारुढ नेकपा ( माओवादी केन्द्र ) निकट अनेरास्ववियू (क्रान्तिकारी ) का केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेतले कोभिड कहरले मुलुक आक्रन्त भएको वेला मन्त्रिपरिषद विस्तारमा ढिलाई हुनुले राम्रो सन्देश नगएको वताएका छन् । तत्काल मन्त्री मण्डलले पुर्णता नपाए जनतामा निराशा छाउने बस्नेतले जिकिर गरेका छन्।

बस्नेतले भनेका छन् -‘ मन्त्रिपरिषद विस्तारमा गठवन्धन सरकारले गरेको विलम्बले राम्रो सन्देश गएको छैन।’ कोभिड कहरका वेला स्वास्थ्य र शिक्षा मन्त्रालय जस्तो मन्त्रालयले क्याविनेट मन्त्री पाउन विलम्ब हुनुलाई बस्नेतले अनपेक्षित वताएका छन् ।

उनले भनेका छन् -‘ कोभिडले आक्रान्त वनेको स्वास्थ्य क्षेत्र र भद्रगोल वनेको शिक्षा क्षेत्रमा सार्थक पहलकदमी लिनभैरहेको ढिलासुस्ती कतैवाट पनि जायज हुन सक्दैन।’ प्रतिगमन विरोधी आन्दोलनको अग्रदस्ता हुनुको नाताले सरकारका राम्रा र नराम्रा काममा विद्यार्थी आन्दोलनले निरन्तर खबरदारी गर्ने बस्नेतले वताएका छन् । युवा नेता बस्नेतले भने-‘ प्रतिगमन विरोधी आन्दोलनको जगमा खडा भएको सरकारलाई द्रुत गतिमा जनपक्षीय काम गर्ने वाहेक अरु कुनै सुविधा छंदै छैन।’

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..