बैठकमा सहभागी हुँदैनौं : सुरेन्द्र पाण्डे

नेकपा (एमाले)को माधव नेपाल पक्षका नेताहरुले महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी नहुने बताएका छन्। एमाले नेता सुरेन्द्र पाण्डेले कमिटी नै अवैधानिक भएकाले बैठकमा सहभागी नहुने बताए। ‘सर्वोच्च अदालतले खारेज गरिसकेको कमिटीको बैठकमा सहभागी हुँदैनौं,’ पाण्डेले भने।

माधव नेपाल पक्षले उठाउँदै आएको माग सम्बोधन गर्न महाधिवेशन आयोजक कमिटी भंग गर्ने र नवौ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय हिजोको बैठकले गरेको थियो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..