प्रचण्ड ओलीसंग बस्दा किन गृहमन्त्रीका सल्लाहकारले शुभसंकेत देखे ?

surya captureसत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ । अघिल्लो बैठकभन्दा यो बैठकमा अध्यक्ष पुष्पकमल दाहालको सिट बदलिएको छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै दाहालको बस्ने कुर्सी राखिएको छ ।

अघिल्ला दुई बैठकमा अध्यक्ष दाहाल सचिवलायका अन्य सदस्यतर्फका साइडमा थिए । ४ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण डेढ घण्टा पछि सरेको थियो । पछिल्लो समय प्रधानमन्त्री ओलीले प्रचण्डलाई एक मात्र अध्यक्ष भएर पार्टी चलाउन अनुरोध गरेको कुरा बाहिर आएका छन् सायद कुर्सि फेरिनुको रहस्य हुन सक्छ । पुर्व माओबादी पृष्ठभूमिबाट आएका बादल ओलीसंग निकटता बढाईरहेका छन्, आफुलाई प्रचण्ड भन्दा अब्बल क्रान्तिकारी साबित गर्न मोहन बैद्य संग मिलेर पार्टी बिभाजन गरेका बादल माओबादीले भन्दै आएको तुलनात्मक दक्षिनपन्थी साबिक एमालेका अध्यक्षसंग घनिष्ठ हुनु पनि रहस्यको गर्भ मै छ ।

आफुलाई समर्थन नगरे प्रधानमन्त्रीले बादललाई गृहमन्त्रीबाट हटाउने धम्कि दिएको पनि सतहमा आएका छन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहालको सिट बदलिएको घटनालाई शुभसंकेतको रुपमा अर्थ्याएर गृहमन्त्रीका सल्लाहकार सुर्य सुबेदीले प्रचण्ड छुट्टै बस्दा असुभ हुन्थ्यो भन्ने संकेत गर्न खोजेका हुन् । सामाजिक संजालमा प्रतिप्रश्न भएको छ ‘के संगै बस्ने कुर्सि प्रधान हो कि पार्टीको विधान अनुसारको कार्यविभाजन’ ?

 

Kantipath Media

यो छुट्टाउनु भो कि..