अदालतलाई सुर्य थापाले भने, ‘एकै माघले जाडो त जाँदैन’ !

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयविरुद्ध सर्वाेच्च अदालतले एकपछि अर्काे फैसला गरिरहेका बेला सूर्य थापाले अदालतको भूमिकाबारे चर्चा गरेका छन्। अदालतले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न तथा कर्णाली प्रदेश सभाका ४ जना एमाले सांसदलाई पुनर्बहाली गर्न आदेश दिएको भोलिपल्ट शुक्रबार बिहान थापाले अदालतको फैसला निष्पक्ष हुनुपर्ने धारणा राखेका हुन्।

‘नेपालको राज्य प्रणालीले न्यायालयलाई स्वतन्त्र, निष्पक्ष र तटस्थ भूमिकामा स्थापित गरेको छ। अदालतको फैसला त्यसैअनुरूप हुनुपर्छ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘पक्षका वकिलको छनोटमा इजलास बन्ने, चाहेजस्तो फैसलालाई क्याबात् भन्ने र प्रतिकूल हुँदा रन्थनिदै होस नै गुमाउने व्यवहार गलत हो। एकै माघले जाडो त जाँदैन।’

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..