बरु कांग्रेससँग एकता हुन्छ, माधव नेपालसँग हुदैन : सुर्य थापा

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपालको सर्त स्वीकारेर एकता नहुने बताएका छन् । मंगलबार बिहान ट्विट गर्दै थापाले जेठ २ को रटानको अध्याय पनि सकिएको उल्लेख गरेका छन् ।

‘माधव कु नेपालका सर्त स्वीकारेर त एकता हुँदैन । यी सर्तमा नेपाल गुटसँग होइन, देउवाको कांग्रेससँग बरू एकता होला,’ थापाले लेखेका छन्, ‘तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ ।’ उनले ल्याङल्याङ अति भएको भन्दै अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गर्ने उल्लेख गर्दै असंभव कोशीष गर्न छाड्नुपर्ने बताएका छन् । नेपाल समूहले ओलीले एकताका लागि गरेको आह्वान साँच्चिकै एकताका पक्षमा नभइ केवल भ्रम जिर्जना गर्ने उद्देश्यले प्रेरित भनेको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..