आगलागीबाट घाइते एक महिलाको निधन

दुर्गा खनाल, जेठ २६, पाँचथर । पाँचथरको फिदिममा भएको आगोलागीमा जलेर घाइते भएकी ७२ बर्षीय एक वृद्धाको मृत्यु भएको छ।
फिदिम नगरपालिका वडा नं. ४ जोरसालमा गत २४ गते भएको आगलागीमा परी घाइते भएकी तनमायाँ सापकोटाको उपचार भइरहेकाे क्रममा भद्रपुर अस्पतालमा गए राती निधन भएको हो ।

उपचारमा रहेका अन्य २ छोरा दिनानाथ र मदन सापकोटाको अवस्था खतरामुक्त भएको अस्पतालले परिवारजनलाई जानकारी दिएको छ ।
जेठ २४ गते दिवंगत भएका भगिरथ सापकोटाको किरिया बसेकोबेला ग्यास लिग भइ आगोलागी भएको थियो।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..