पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन

नेपाली काँग्रेसका नेता पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ ।

आइतबार विहान ५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण विष्टको निधन भएको हो ।

पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट पूर्व संविधान सभा सदस्य थिए ।

विष्ट २२ वर्षसम्म नेपाली काँग्रेस सुर्खेतको पार्टी सभापति बनेका थिए भने पूर्व जिल्ला विकास समितिका उपसभापति समेत हुन् । उनी सुर्खेत पश्चिम क्षेत्रका निडर प्रभावशाली नेताका रूपमा स्थापित थिए ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..