काठमाडौंको बौद्धस्थित नयाँ बस्तीमा बोरामा शव फेला

काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा शव भेटिएको छ । बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला परेको छ ।

हत्या गरेर शव फालेको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेश बस्नेतले बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोली पनि घटनास्थलमा पुगेको छ ।

अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिने एसपी बस्नेतले जानकारी दिएका छन् ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..